विराटनगरमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यू

विराटनगर । विराटनगरमा थप एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको छ ।

सोमबार विराटनगर महानगरपालिका १० का ७६ वर्षीय पुरुषको बिहान मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए ।

भदौ ११ गते संक्रमण पुष्टि भएका वृद्धलाई १० दिन ‘होम आइसोलेसन’मा राखेर उपचारका लागि शनिबार उपचार केन्द्रमा ल्याइएको थियो ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराईरहेका उनको पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको बस्नेतको भनाई छ ।

मृतक पुरुषमा उच्च रक्तचापको पुरानै समस्या समेत देखिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। चुमनलाल दासले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close