सुशान्त आत्महत्या प्रकरण : आदित्य चोपडाको बयान भन्सालीसँग बाझियो !

काठमाडौँ । बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा बलिवुडको सबैभन्दा ठुलो ब्यानर यशराज फिल्म्सका मालिक एवं निर्देशक आदित्य चोपडासँग प्रहरीले बयान लिएको छ ।

सुशान्तको आत्महत्या हो या हत्याको भन्ने विषयमा छानबिन गरिरहेको प्रहरीले आदित्य चोपडासँग बयान लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बयानका क्रममा आदित्यले कैयौं खुलासा गरेका छन् । मिडिया रिपोर्टका अनुसार यस अघि बयान लिइएको निर्माता निर्देशक संजय लिला भन्साली र आदित्यको बयान बाझिएको छ ।

यस अघि भन्सालीले यशराजसँगको सम्झौताका कारण आफुले बाजिराव मस्तानी र रामलीलामा सुशान्तलाई लिन नसकेको बताएकोमा आदित्यले सो कुरालाई खारेज गरेका छन् ।

आदित्यले यशराजसँग सम्झौतामा हुदा हुदै सुशान्तले एमएस धोनी फिल्ममा काम गरेकोले भन्सालीको तर्क ठिक नभएको बयान दिएका छन् । साथै आदित्यले अभिनेता रणवीर सिंहले रामलीला २०१० मा साइन गरेको तर सुशान्तले यशराजासँगको सम्झौता २०१२ को नोभेम्बरमा साइन गरेको समेत जानकारी दिएका छन् ।

साथै भन्सालीले दाबि गरे जस्तो सुशान्तलाई बाजीराव मस्तानीका लागि कास्टिङको बारेमा आफूसँग कुनै कुरा नभएको आदित्यले बयान दिएका छन् । उनले यशराजसँग सम्झौतामा हुदा हुदै सुशान्तले एमएस धोनी फिल्ममा काम गर्न सक्छन भने बाजीरावमा किन गर्न सक्दैनन् रु भन्ने प्रश्न गर्दै यशराजसँगको सम्झौताले सुशान्तलाई नरोकेको बयान प्रहरीमा दिएका छन् ।

सुशान्तको आत्महत्या प्रकरणमा प्रहरीले आफ्नो अनुसन्धान जारी राखेको छ भने उनकी प्रेमिका रिया चक्रवर्तीसहित एक दर्जनभन्दा बढीको बयान लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close