जब कालोपत्रे सडकमानै भासियो टिपर….

विराटनगर । विराटनगरमा रोकिराखेको टिपर कालोपत्रे सडकमानै भासिएको छ । सडक निर्माण गर्ने ठेकेदारको लापरबाहीका कारण सोमबार साँझ बालुवा बोकेको १ क ३१७२ नम्बरको टिपर कालोपत्रे सडकमा नै भासिएको हो ।

विराटनगर १० पिपल चौक स्थित कालोपत्रे सडकमा बोहोरा निर्माण सेवाको बालुवा बोकेको टिपरको पछाडीको एउटा टायर सडक भित्र भासिएको थियो ।

उक्त सडक एशियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गत निर्माण भएको हो ।

सो सडक परियोजनाको ठेकेदार आशिष निर्माण सेवाले गरेको हो । क्षेत्रीय सहरी विकास परियोजना विराटनगरका प्रमुख भरत न्यौपाने सडक निर्माण गर्दा प्राविधिक त्रुटी भएका कारण भासिएको बताए ।

सडक भासिएपछि ठेकेदार कम्पनी आशिष निर्माण सेवालाई मर्मत गर्न भनिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close