मन्त्री भट्टराई आफ्नै मन्त्रालयको छड्केमा निस्किएपछि……

काठमाडौं । प्रायः कार्यक्रम, बैठक र अन्य स्थानको अनुगमन तथा निरिक्षणमा खटिने मन्त्री योगेश भट्टराई मंगलबार आफ्नै मन्त्रालयको छड्केमा निस्किए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छड्के निरीक्षण गरेका मन्त्रीले निरीक्षण मात्रै गरेनन् कर्मचारीलाई समयमा कार्यालयमा उपस्थित हुन निर्देशन दिनुको साथै लेआउटमा समेत ध्यान आग्रह गरे ।

‘कार्यालयलाई व्यवस्थित बनाउनुहोस, समयलाई ख्याल गर्नुहोस र कार्यालयको सरसफाईलाई पनि ध्यान दिनुहोस,’ मन्त्री भट्टराईले निर्देशन दिदै भने ‘सेवाग्राहीलाई कुनैपनि हालतमा झमेला नहोस ।’

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरु अनुपस्थित भेटेपछि मन्त्री भट्टराईले महाशाखाका प्रमुख रुद्रसिह तामाङलाई कारण समेत सोधेका थिए ।

‘के कारणले उपस्थित हुन नसकेको हो सो बुझि कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने ब्यवस्था मिलाउनुहोस,’ मन्त्री भट्टराईले तामाङ्लाई भने ‘कर्मचारमिा नियमितता हुनुपर्यो ।’

सोही क्रममा मन्त्री परिषदको निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close