विपदमा गाउँनै प्यारो, २१ गाडीमा ६ सय ४८ जना ताप्लेजुङ सरर…..(फोटो फिचर)

विराटनगर । ताप्लेजुङ फुङलिङ नगरपालिका ४ का उमेश श्रेष्ठलाई लकडाउनको समय थपिएला र काठमाडौंमा समस्यामा परिएला भन्ने लागेकै थिएन । तर, लकडाउन हट्ने छाँटकाँट नदेखेपछि उनी काठमाडौमा अडिन सकेनन् । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौको संयोजनमा घर फर्कन चाहनेका लागि बसको ब्यवस्था गरेपछि उनी त्यसै बसमा चडे र घर फर्किए ।

उमेश जस्तै विभिन्न पेशा व्यवसाय र अध्यायनमा ताप्लेजुङका बिभिन्न स्थानीय तहबाट काठमाडौँ पुगेका सबैलाई कारोनाले गाउँ फर्कन बाध्य बनायो । चाडपर्व नआई घर नफर्कने अधिकाँस बैशाखमानै गाउँ पुगे । काठमाडौंमा बसेर भोकै हुनुभन्दा गाउँमानै बसेर ढिँडो गुन्द्रुक खाएर भए पनि ज्यान जोगाउन रातारात भए पनि ताप्लेजुङ फर्किएको उनिहरु बताउँछन् ।

लकडाउन लम्बिएपछि काठमाडौमा बस्दै आएका ताप्लेजुङका नागरिकलाई विहीबार राती २१ वटा गाडीमा राखेर ६ सय ४८ जना लाई ताप्लेजुङ पठाएको ताप्लेजुङ–काठमाडौ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताए । घर फर्कनेमा ताप्लेजुङका सबै स्थानीय तहका नागरिक छन् ।

सरोकार केन्द्रले सामाजिक सञ्जाल र फोनको माध्यमबाट सबैलाई समेटेको थियो । घर जाने व्यवस्थापन गरेपछि ताप्लेजुङ फर्कनेको भिडनै लागेको थियो । सरोकार केन्द्रले ताप्लेजुङका स्थानीयतह सँग समन्वय गर्दै गाडीको व्यवस्थापन गरेको अध्यक्ष साँवा बताउँछन् ।

ताप्लेजुङ फर्कनेहरुका लागि संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भट्टराईले खानाको ब्यवस्था गरेका थिए । सरोकार केन्द्रले पानीको ब्यवस्था गरेको पत्रकार महासंघ ताप्लेजुङ शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘सरोकार केन्द्रको प्रयासमा मन्त्री योगेश भट्टराई, जिल्लाका स्थानीयतह र काठमाडौमा रहेका ताप्लेजुङ्का व्यवसायी सबैको प्रयासमा घर फर्काउने प्रयास सफल भयो, सबैलाई गाउँ घर पुर्याउने व्यवस्थापन तहले गरेका छन्,’ अध्यक्ष श्रेष्ठले इएसटी नेपाललाई बताए ।

ताप्लेजुङ फर्कनेमा फुङलिङ नगरपालिकका १ सय ६५, सिदिङमाका ३८, सिरिजंघाका ३५, मिक्वाखोलाका ७६, मैवाखोलाको ८०, पाथीभरा याङवरकका ३६, फक्ताङ्लुङका १ सय ४, मेरिङदेनको ६२ र आठराई त्रिवेणी गाउपालिकाका ५२, जना थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close