जुम्ल्याहा दिदीबहिनीको कोरोनाका कारण मृत्यु, सँगै जन्मिए, सँगै मरे

एजेन्सी । बेलायतको साउथएम्प्टन जनरल अस्पतालमा दुई दिदीबहिनीको कोरोनभाइरसका कारण निधन भएको छ । ३७ वर्षकी केटी डेभिस र उनकी दिदी इमाको त्यही अस्पतालमा निधन भएको छ । इमा त नर्स पनि थिइन् ।

केटीको मंगलबार निधन भएको हो भने त्यही अस्पतालमा कोरोनाभाइरसका कारण इमाको शुक्रबार निधन भएको हो । ‘उनीहरुले सधैं भन्थे कि उनीहरु सँगै यो पृथ्वीमा आएका छन् र सँगै यो पृथ्वीबाट बिदा हुनेछन्,’ उनीहरुकी अर्की बहिनीले भनेकी छिन्, ‘उनीहरु अमेजिङ जुम्ल्याहा दिदीबहिनी थिए । उनीहरु कति स्पेसल थिए भन्ने बुझाउन कुनै शब्दहरु नै छैनन् ।’

यी जुम्ल्याहा दिदी बहिनीले सधैं मानिसहरुलाई सहयोग गर्ने सोचेको र नर्स भएका कारण पनि समाजसेवा नै आफ्नो प्यासन हो भन्ने बताउने गरेको उनीहरुकी बहिनीले बिबिसीलाई जनाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close