अभिनेत्री रकुलले २५० गरिब परिवारलाई दैनिक दुई छाक खाना खुवाउदै

काठमाडौ । बलिउडकी चर्चित अभिनेत्री रकुल प्रित सिंहले गरिब परिवारलाई सहयोग गर्ने भएकी छिन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनको समयमा रकुलले दैनिक दुई छाक खाना खुवाउने भएकी हुन् ।
बम

भारतिय मिडियाका अनुसार उनी र उनको परिवारले २५० जना गरिब परिवारलाई दिनको दुईपटक खाना खुवाउने भएका हुन् । उनीहरुले गुरगाउँको झुपडपट्टीमा बस्दै आएका परिवारहरुलाई शनिबारदेखि खान खुवाउन शुरु गरेको बताइएको छ । रकुलका अनुसार आफ्नो क्षेत्रमा खाना बनाएर घरघरमा खाना पुर्याइने बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close