गायक प्रमोद खरेल क्रिकेट संघ प्रदेश १ को सद्भावना दूत

विराटनगर । क्रिकेट विकास समिति प्रदेश १ ले गायक प्रमोद खरेललाई सद्भावना दूत नियुक्त गरेको छ । समितिको विराटनगरमा बसेको बैठकले खरेललाई क्रिकेट संघ प्रदेश १ को सद्भावना दूत बनाएको हो ।

यस्तै विराटनगरका मेयर भीम पराजुली, पूर्व खेलाडी पारस लुनियासहित ६ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ ।

बैठकले विभिन्न उपसमितिहरु बनाउनुका साथै अजय राजवंशीलाई प्रदेशको सिनियर पुरुष टिमको टिम म्यानेजर तोकेको छ । महिला टिमको म्यानेजर भने पूर्वखेलाडी र जिल्ला महिला सदस्यहरुलाई आलोपालो पठाइनेछ ।

यस्तै प्रदेशमा आवद्ध ५ जिल्लाहरुमा विद्यालय तथा कलेजस्तरीय प्रतियोगिता आयोजना गर्न मनोज कटुवालको संयोजकत्वमा समिति समेत गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close